काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बालेनले छात्रवृत्ति दिएर पठाएका विद्यार्थीमाथि गोल्डेन गेटको बेइमानी, विद्यार्थीलाई दबाब दिएर शुल्क असुल्दै

8K
shares

‘आइरन गेट’ पछि ‘गोल्डेन गेट’ भन्दै ठूला–ठूला होर्डिङ बोर्ड राखेर तामझाम देखाउने काठमाडौंको गोल्डेन गेट कलेज विद्यार्थी मारा निस्किएको छ । हुनेखानेबाट ठूलो मुठो तान्न पल्किएको यो कलेजले छात्रवृत्ति पाएका गरिब जेहन्दार विद्यार्थीबाट पनि असुल्न नछोडेपछि शिक्षाको नाममा धन्दा चलाएको यसको अश्लियत उदाङगिएको छ ।

काठमाडौं महानगरका मेयर बालेन शाहले छात्रवृत्तिमा छनोट गरि पढ्न पठाएका विद्यार्थीलाई यो कलेजले टर्चर दिन सुरु गरेको छ । महानगरले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा पास भएर पढ्न गएका विद्यार्थीसँग गोल्डेनगेट इन्टरनेशनल कजेलले पैसा माग्न थालेपछि अहिले विद्यार्थी तनावमा छन् । महानगरले पनि विद्यार्थीको गुनासो सुन्न छोडेको छ । महानगर र कलेज दुवैसँग संवाद गर्दा पनि आफुलाई मानसिक तनावमात्रै दिने काम भएको गुनासो विद्यार्थीले गरेपछि हामीले महानगरसँग जवाफ माग गरेका थियौं । तर महानगर यो विषयमा बोल्नै चाहेन । यता कलेजले ‘हामी बालेनलाई टेर्दैनौं, तिमि जेसक्छौं गर’ भन्नेशैलीमा विद्यार्थीलाई दबाब लिएर पैसा उठाउन खोजिरहेको छ ।

अछाम घर भएका लोकेश रावल काठमाडौंको मैतिदेवीमा बस्छन् । मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलबाट माध्यामिक शिक्षा पुरा गरेका यीनलाई एसईईपछि कहाँ र कसरी पढ्ने तनावले सताएको थियो । दुर्गमबाट काठमाडौं बसेर पढ्दाको चुनौती सानो थिएन । आर्थिक अभावदेखि काठमाडौंको महंगो बसाईमै उच्चशिक्षा हासिल गर्नुपर्ने बाध्यताकाबीच गत असार २२ गते बालेनले एक सूचना जारी गरेपछि खुशी मिलेको थियो । अर्थात् यसअघि कलेजले आफ्नो अनुकुल दिँदै आएको छात्रवृत्ति यसपटक महानगरले छनोट गर्ने भएको थियो । त्यो पनि कुनै पहुँच वा भनसुनबाट नभई निष्पक्ष परीक्षा प्रणालीबाट । लोकेशले महानगरले लिएको छात्रवृत्ति परीक्षा पनि दिए । मानविकी संकायतर्फ एक नम्बरमा नाम निकाले । जहाँ उनले ४९ नम्बर ल्याएर परीक्षा उत्तिर्ण गरेका छन् ।

परीक्षा उत्तिर्ण भएपछि उनको रोजाई बत्तिसपुतलीको गोल्डेनगेट इन्टरनेशनल कजेल बन्यो । मैतिदेवीमा बस्दै आएका उनलाई नजिक पनि पर्ने र आउन जान सजिलो हुने भएपछि गोल्डेन छनोट गरेका थिए । महानगरले त्यही अनुसार पत्र पनि काटिदियो । जसमा भर्ना शूल्क, ट्युसन शूल्क, सुरक्षा जम्मासहित कक्षा ११ र १२ मा लाइब्रेरी शूल्क पनि नलाग्ने उल्लेख गरिएको छ । अर्थात् उनी निशुल्क रुपमै पढ्न पाउने उल्लेख छ ।

काठमाडौं महानगरले भर्नाका लागि गोल्डेन गेटलाई लेखेको पत्र

यतिबेलासम्म कुनै समस्या भएन । महानगरले दिएको पत्र लिएर उनी गोल्डेनगेटको कक्षा ११ मा भर्ना पनि भए । तर अहिले झण्डै दुईमहिनापछि कजेलले शूल्क माग्न थालेको छ ।यतिबेला लोकेशको परीक्षा चलिरहेको छ । तर सुरुमै १० हजार माग्दा नदिएपछि प्रवेश पत्र नै दिएको छैन । दैनिकी पास लिएर उनी परीक्षा दिइरहेका छन् ।बुधबार हामीले कलेजमै पुगेपछि लोकेशले प्रवेश पत्र पाएको बताएका छन् । तर पैसा नभई पढाई नहुने भन्दै दबाब दिन छोडेको छैन ।

अहिले लोकेशसँगमात्रै कलेजले विभिन्न शिर्षक राखेर ८१ हजार शुल्क बुझाउन सूची दिएको छ । लोकेशमात्रै नभएर महानगरबाट छात्रवृत्तिमा छनोट भइ गएका सबै विद्यार्थीलाई यो कलेजको व्यवहार यस्तै रहेको छ । यो कलेजले बालेनलाई नटरेको स्वीकार काठमाडौं महानगरकै कर्मचारीहरु गर्छन् । राजनीतिक पहुँचको बलमा विद्यार्थीबाट छात्रवृत्ति खोस्न सञ्चालक लागिपरेका छन् । गुनासो लिएर पुग्ने विद्यार्थीलाई लेखा प्रमुख सरोज पौडेलले थर्काएर फर्काउने गरेका छन् । उनले विद्यार्थीलाई गर्ने व्यवहार अपमान भन्दा कम छैन । हामीले उनीसँग जवाफ खोज्दा भेट्न मानेनन् । यो कजेल एमाले नेता रमेश कुमार सिलवालको हो । उनी राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव पनि हुन् । हामी पुग्दा सिलवालकी छोरी शैल सुमनले कसैसँग भेट्न पनि दिइनन् । उनले छात्रवृत्तिका विषयमा महानगर र कलेजबीच मापदण्ड बनाउन बाँकी नै रहेको बताइन् ।

काठमाडौं महानगरले लिएको छात्रवृत्ति परीक्षामा पहिलो लटमा मात्रै २ हजार २३ विद्यार्थी छनोट भएका थिए । उत्तिकै संख्यामा दोस्रो लटमा समेत विद्यार्थी सामेल भएका थिए । तर आफुले छनोट गरि पठाएका बिद्यार्थी अप्ठ्यारोमा परिसक्दासमेत महानगरले पहलकदमी लिएको छैन ।बालेन पनि मौन बसिँदिएका छन् । फलतः शक्तिको आँडमा कसैलाई नटेर्ने साँडे जस्तो बनेका सिलवालसहितका शिक्षा व्यापारीहरु असुलीधन्धा चलाइरहेका छन् । उनीहरु सबै एक हिसावले शैक्षिक माफिया पनि हुन् ।

०००