काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोलि सार्वजनिक बिदा

11.47K
shares

सरकारले इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको मंगलबार शोक बिदा दिएको छ।

सोमबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले नेपालीहरूको मृत्यु भएकोमा शोक बिदा दिने निर्णय गरेको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार शोक बिदा दिने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए।

उनकाअनुसार इजरायलमा रहेका नेपालीहरूलाई सरकारले स्वदेश ल्याउने पनि निर्णय भएको छ।