काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शेयर बजारमा १२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

5.88K
shares

शेयर बजारमा दोस्रो कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक १२ दशलमव ५८ अंकले घटेर १,९०८ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज उत्पादनमुलक र ट्रेडिङ बाहेक सबै उपसूचक घटेका छन् । आज ६६ कम्पनकिो शेयर मुल्य बृद्धि भएको छ भने १५८ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८७ कम्पनीको ४३ लाख २७ हजार १७९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १७ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ ।

आज बैंकको ३ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायल नेपाल लाइफको ३ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएके छ । हिमालयन लघुवित्तको ३ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिटिजन लाइफको २ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले कमाएका हुन् । थ्री स्टार हाइड्रोपावरका लगानकिर्ताले ४ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । हिमालयन पावर पार्टनका लगानीकर्ताले ४ दशलमव ३८ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ४ दशलमव ३६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।