काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नाइके रिगललाई दिइएको आममाफीविरुद्धको रिट न्यायाधीश शर्माको एकल इजलासमा

5K
shares

रिगल भनेर चिनिने गुण्डा नाइके योगराज ढकाललाई राष्ट्रपतिले दिएको आममाफीविरुद्ध परेको रिटको सुनुवाइ सर्वोच्च अदालतमा न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा परेको छ ।

गुण्डानाइके रिगललाई राष्ट्रपतिले संविधान दिवसको अवसरमा आममाफी दिएका थिए । आममाफीविरुद्ध रिगलले हत्या गरेका पीडित चेतन मानन्धरकी श्रीमती भारती शेर्पाले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

नेपालगञ्जका मानन्धरको २०७२ असार २९ गते हत्या रिगलले हत्या गरेका थिए । रिगल यो आरोपमा दोषी ठहर भएर सजाय भुक्तान गर्दै आएका थिए । उनलाई आममाफी दिइएपछि भारतीले आइतबार सर्वोच्चमा आममाफीविरुद्ध मुद्दा दायर गरेकी हुन् । यसअघि दुईपटक यो मुद्दा पेशीमा चढेपनि हेर्न नभ्याईनेमा परेको थियो ।

श्रीमानलाई खुँडा प्रहार गरेर हत्या गर्ने ढकाललाई आममाफ दिएपछि भारतीले प्रतिवादमा आमरण अनसन थालेकी छिन् । उनी मंगलबार न्यायका लागि काठमाडौं आएकी हुन् । माइतीघरमा आमरण अनसनमा बसेकी उनी बेहोस भएपछि उनलाई हिजो वीर अस्पतालमा भर्ना गरिएको थियो ।