गृहपृष्ठ रिगलको आममाफी विरुद्ध भारतीले दिइन् सर्वोच्चमा रिट
रिगलको आममाफी विरुद्ध भारतीले दिइन् सर्वोच्चमा रिट
श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् ।
भारतीले दायर गरेको रिट केही दिनअघि दर्ता भएपनि प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनी गाडीको लावालस्करसहित कारागारबाट निस्किएका थिए ।
आफ्ना श्रीमान्का हत्यारालाई आम माफी दिइएको भन्दै न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन् ।
प्रकाशित समय : १४:४४ बजे



















