काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एभरेष्ट र एनआइसी एसिया बैंकको बोनसमा मूल्य समायोजन

5.23K
shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ। एभरेष्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो।

सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।