काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला तनहुँ जाँदै

6.72K
shares

राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदैछन् । राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल पहिलो पटक गृह जिल्ला जान लागेका हुन् ।

उनी व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली जान लागेका हुन् । राष्ट्रपति पौडेलले अहिले बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ ।

त्यसपछि सदरमुकाम दमौलीको बिपी वनवाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ । जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे हुनेछ। ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो मानिएको छ ।

राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उनकै पहलबाट सङ्घीय सरकारको करिब २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल निर्माण भएको हो । राष्ट्रपति तनहुँ आउने भएपछि दमौलीबजार समेत बेहुली झैं सिंगारिएको छ ।