काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेश सरकारले किसानलाई १७ प्रकारका अनुदान दिने

5.25K
shares

कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत १ अनुदान दिन लागिएको हो ।

अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ । निर्देशनालयले लक्षित वर्ग आयआर्जन कार्यक्रम अन्तर्गत दलित महिला र पछाडि पारिएका वर्गका लागि कृषि अनुदान प्रदान गरिने उल्लेख गरेको छ ।

कृषि अनुदान अन्तर्गत अपाङ्गता भएका व्यक्ति लक्षित आयमूलक कार्यक्रम, दलहन बालीका प्रवर्द्धन कार्यक्रम तथा उन्नत बीउलगायतमा अनुदान दिनेछ । व्यवसायमा उत्पादनमा आधारित प्रोत्साहन अनुदान, खाद्यन्न बाली बीऊ उत्पादन कार्यक्रम, मौरी पालन, च्याउखेती उत्पादन प्रवर्द्धन कार्यक्रममा समेत अनुदान दिइने प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।

उनका अनुसार निर्देशानलयले जग्गा भाडा तथा विद्युत् महसुलमासमेत अनुदान दिने छ ।