काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पाकिस्तानलाई हराउदै श्रीलंका एशिया कपको फाइनलमा

5.08K
shares

श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ । एशिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित हुदा ४२-४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।

श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउदै फाइनलमा पुर्याएका थिए । उनले अविजित ४९ रन बनाएका थिए । त्यस्तै श्रीलंकाका लागि कुसल मेडिन्सले सर्बाधिक ९१, सडीरा समाराविक्रमाले ४८ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानी बलर इफ्तिखार अहमदले ३, शाहिन शाह अफ्रिदीले २ तथा शाडाब खानले एक विकेट लिएका थिए ।

यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले सर्बाधिक ८६ रन बनाए भने अब्दुल्लाह शाफिकले ५२, इफ्तिखार अहमदले ४७ रनको योगदान गरेका थिए ।

यो जितसँगै श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ भने पाकिस्तान एशिया कपबाट बाहिरिएको छ ।

अब सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन् भने फाइनल खेल आइतबार भारत र श्रीलंका भिड्ने छन् ।