काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कुमारी बैंकको ७९ हजार कित्ता संस्थापक शेयर विक्रीमा

4.52K
shares

कुमारी बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले ७९ हजार १६६ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

राष्ट्र बैंकको प्रावधान अनुसार संस्थापक शेयर खरीद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकाले सो शेयर खरीद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य विक्रेता तोके बमोजिम हुने कम्पनीले जानकारी दिएको छ । ३५ दिनभित्र संस्थापक शेयरधनीहरुको कुनै पनि आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर विक्री गरिने बैंकले जनाएको छ ।