काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आक्रोश पोख्ने माध्यम बन्दैछ नेतामाथिको आक्रमण, झापड हुँदै खुकुरीसम्म खानेकाे सूची यस्तो छ

8.8K
shares

उच्च ओहोदामा पुगेर सबैभन्दा धेरै दुर्व्यवहार खेप्ने कोही नेता छन् भने सायद ती माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुपर्छ । जनयुद्धमा बन्दुकको नालाबाट बालबाल बचेका प्रचण्डले गणतन्त्रमा धेरै पटक नागरिकको जुत्ता खाए । अहिले नेतामाथि जनताले जुता, मुक्का, कुर्सी हुँदै खुकुरीसम्मको आक्रमण सुरु भएको छ । यो वितृष्णाको उपज हो । कानुनी राज्यमा नाङगो खुकुरीको बलमा मन शान्त पार्ने छुट कसैलाई छैन । यद्यपी नागरिकले नेता नसच्चिएको भन्दै यही गलत बाटोलाई आक्रोश पोख्ने माध्यम बनाएका छन् ।

को–को परे आक्रमणमा ?

महेन्द्र यादव – पूर्वमन्त्री

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंको व्यस्त ठाउँ भृकुटीमण्डपमा दिनदाहाडै खुकुरी प्रहार भयो । नुवाकोट घर भएका श्यामबहादुर सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेका थिए । रिपोर्टस् क्लबको कार्यक्रममा सहभागी भएका सापकोटाले, यादवको भाषण सुनेपछि मौका छोपेर बाहिर निस्किए लगत्तै खुकुरी प्रहार गरेका थिए । सापकोटाले ज्यान लिने उदेश्यले खुकुरी प्रहार गरेको भएपनि छलेर बालबाल बचेका यादवको घाइते अवस्थामा ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यादवमाथि खुकुरी प्रहार भएपछि नेताहरु माथिको आक्रमण श्रृखंला फेरि बल्झिएको छ । यो आक्रमणले बिर्सिएर खाटो बसेका पुराना घट्नाहरुलाई फेरि सम्झाएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – प्रधानमन्त्री

माओवादी केन्द्रका अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि २०६९ साल मंसिर २ मा भौतिक आक्रमण भएको थियो । प्रचण्डलाई बागलुङका पूर्वमाओवादी लडाकु पदम कुँवरले झापड हानेका थिए । काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिएको चियापान कार्यक्रममा माला लगाइदिने भन्दै कुँवरले प्रचण्डलाई झापड हानेका थिए । कुँवरले प्रचण्डलाई झापड हान्दा उनको चस्मा नै फुटेको थियो । प्रचण्डलाइ झापड हान्ने कुँवर पछि २८ हजार धरौटी तिरेर अदालतबाट रिहा भए । कुँवर तिनै पात्र हुन्, जो पछि प्रचण्ड विरुद्धै चुनाव लडेर थप चर्चामा आए । प्रचण्डमाथिको आक्रमण यतिमात्रै सीमित भएन । प्रधानमन्त्रीमा तेस्रो इन्निङ पुरा गरेका प्रचण्डले जनताको जुता र झापडमा पनि ह्याट्रिक गरेका छन् । उनीमाथि दोस्रो पटक २०७६ साल फागुन १८ गते राष्ट्रियसभा गृहमा जुम्लाका रतन तिरुवाले जुता प्रहार गरे । तत्कालिन नेकपाका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रममा छिरेका तिरुवाले प्रचण्डको भाषण मन नपरेको भन्दै जुत्ता खोलेर हानेका थिए । प्रचण्डमाथि आक्रमणको श्रृखंला यही रोकिएन । उनीमाथि २०७९ कार्तिक २२ गते सुर्खेतमा फेरि जुत्ता प्रहार भयो । चुनावी सम्बोधनका लागि सुर्खेत पुगेका प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत बताउने कमल खत्रीले जुत्ता प्रहार गरेका थिए ।

रामचन्द्र पौडेल – राष्ट्रपति

हालका राष्ट्रपति तथा तत्कालिन सभामुख रामचन्द्र पौडेलमाथि २०५१ सालमा संसदमै जुत्ता प्रहार भएको थियो । एमालेको तर्फबाट राष्ट्रिय सभामा सदस्य रहेका गोल्छे सार्कीले पौडेलमाथि जुत्ता प्रहार गरेका थिए । नेतामाथिको जुत्ता प्रहारमध्येको यो बहुचर्चित घटना हो ।

केपी शर्मा ओली – अध्यक्ष, नेकपा एमाले

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि गएको वैशाख १३ गते कोशी प्रदेशमा आक्रमणको प्रयास भयो । बुद्धशान्ति गाउँपालिकामा आयोजित एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न पुग्दा पहिचानवादीहरुले उनीमाथि ढुंगामुढा गरे । सम्भवतः गृहजिल्ला झापा पुग्दा पहिलोपटक उनले कालोझण्डा र ढुंगामुढाको सामना गर्नू परेको थियो । ओलीलक्षित पहिचानवादीहरुको ढुङगा उनलाई नभएर प्रहरी सुरक्षाकर्मीलाई लागेको थियो ।

झलनाथ खनाल – पूर्वप्रधानमन्त्री

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि कार्यकर्ताको निशानामा परेका छन् । २०६७ साल माघ ७ गते तत्कालीन एमाले अध्यक्ष खनालमाथि हातपात भएको थियो । सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले खनाललाई झापड हानेका थिए । रेग्मीले झापड हान्दा खनालको चश्मा खसेको थियो । रेग्मी २०४६ देखि एमाले कार्यकर्ता थिए । अचम्मको संयोग नै भन्नुपर्छ, झापड खाएको १५ दिनछि खनाल प्रधानमन्त्रीसमेत बनेका थिए ।

सुशिल कोइराला – पूर्वप्रधानमन्त्री

दिवंगत नेता सुशिल कोइरालालाई २०६९ साल असोज १३ गते आफ्नै कार्यकर्ताले कुर्सी प्रहार गरेका थिए । कुर्सी लागेर कोइरालाको शरीरको बायाँ भागमा सामान्य चोट लागेको थियो । काठमाडौंको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा काँग्रेसको विद्यार्थी संगठन नेविसंघका प्रवेश बस्नेतले कोइरालामाथि कुर्सी प्रहार गरेका थिए ।

डा. बाबुराम भट्टराई – पूर्वप्रधानमन्त्री

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथि २०७३ साल मंसिर २२ गते पोखरामा जुत्ता प्रहार भएको थियो । नयाँ शक्ति पार्टीका संयोजक रहेका बेला पोखराको पृथ्वीनारायण क्याम्पसमा आफूनिकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा उनीमाथि कैलालीका ३४ वर्षीय सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए ।

झक्कु सुवेदी – माओवादी नेता

माधवकुमार नेपाललाई काठमाडौंबाट चुनाव हराएर चर्चामा आएका माओवादी नेता झक्कुप्रसाद सुवेदीमाथि २०६८ साल बैशाख १९ गते चिया पसलमा थप्पड प्रहार भयो । सुवेदीलाई गोर्खा गाईखुका प्रेमराज देवकोटाले गालामा दुई झापड हानेका थिए । संविधानसभाको बैठक सकेर घर फर्कंदै गरेका उनलाई तीनकुनेमा चिया पसल गरेर बसेका देवकोटाले संविधान कहिले बनाउँछौ भन्दै झापड हानेका थिए ।

पूर्णबहादुर खड्का – रक्षामन्त्री

काँग्रेस उपसभापति एवम् हालका उप्रप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का पनि चप्पल प्रहार खेप्ने नेताको सूचीमा पर्छन् । उनीमाथि २०६५ साल जेठ १५ गते चप्पल प्रहार भएको थियो । खड्कामाथि तत्कालीन एमालेकी सभासद् कमला शर्माले चप्पल प्रहार गरेकी थिइन् ।

डा. रामशरण महत – पूर्वअर्थमन्त्री

काँग्रेस नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतमाथि बोतल प्रहार भएको थियो । दुप्चेश्वर र तादी गाउँपालिका जोड्ने भुतखोल्चीमा २०७४ चैत १ गते पक्की पुलको शिलान्यास कार्यक्रममा पुगेका तत्कालिन अर्थमन्त्री महतमाथि पानीको बोतल प्रहार भएको थियो । उनलाई दुप्चेश्वर–३ का रामहरि खड्काले बोतल प्रहार गरेका थिए ।

मध्यदिनमै देशको संघीय राजधानीमा नेपाली काँग्रेसका नेता महेन्द्र यादवमाथि खुकुरी चलेपछि नेताहरु त्रसित बनेका छन् । आखिर नेतामाथि खुकुरी चल्ने अवस्था किन आयो ? अहिले चिया चौतारो हुँदै राजनीतिक दलभित्र छलफलको विषय बनेको छ । किनकि खुकुरी कुनै व्यक्तिगत लेनदेन वा रिसिबीका आधारमा चलेको थिएन । मञ्चमा उभिएर भ्रष्टाचारी नेताको संरक्षण गर्दै बोलेपछि आफुलाई रिस उठेर खुकुरी प्रहार गरेको बयान युवाले दिएका छन् । तथापी खुकुरी हान्नु कुनैपनि रुपले ठिक होइन, कानुनले दण्डित गरेको विषयलाई हामी कदापी सही मान्न सक्दैनन् । यसको सजाय उनले भोग्नैपर्छ । तर खुकुरी खाने अवस्था कसरी आयो ? यो चाहीँ गम्भीर विषय हो । सायद, सबै नियममा चलेको भए राम राज्य हुन्थ्यो । रावण राजमा जे भइरहेको छ, ठिक भइरहेको छैन । किनकि नेताहरु नै सच्चिदैनन् ।