nmb bank

गृहपृष्ठ नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुग्यो

नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुग्यो

नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुग्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप ११ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । नेप्सेले मंगलबार कारोबार सदस्यतासँगै ब्रोकर नम्बर पनि दिएको छ । सदस्यता पाएका ११ वटै ब्रोकर कम्पनीहरु सीमित कार्य गर्ने कम्पनीहरु हुन् ।

यससँगै, नेप्सेबाट कारोबार सदस्यता पाउने नयाँ ब्रोकरहरुको संख्या २८ पुगेको छ । यसअघि, असार २१ गते ७ वटा, साउन १२ गते ७ वटा र साउन १९ गते ३ वटा नयाँ ब्रोकरहरुले नेप्सेबाट सदस्यता पाएका थिए ।

प्रकाशित समय : १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु