काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीविरुद्ध आन्दोलन घोषणा

5.15K
shares

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना एमसिसीको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

आगामी असोज १ गतेदेखि १५ गतेसम्म काठमाडौंसहित विभिन्न ६ जिल्लामा मार्चपास गर्ने नेकपाले निर्णय गरेको छ।

आज बिहान बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको हो।

काठमाडौं, नुवाकोट, धादिङ, पाल्पा, नवलपरासी र रुपन्देहीमा एमसीसी विरोधीहरुको संयुक्त गोष्ठी गर्ने तयारी छ।

त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सो पार्टीले जनाएको छ।