global ime bank Long Banner Ad

गृहपृष्ठ एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन  : माधव नेपाल

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन  : माधव नेपाल

एमसीसी सैनिक सुरक्षासँग जोडिन सक्दैन  : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने बताएका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमसीसी सैनिक सुरक्षासँग जोडिन नसक्ने र १२ बुँदे व्याख्यात्मक घोषणालाई अमेरिकाले सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

नेपालको संविधानभन्दा माथि कुनै कानुन हुन नसक्ने भन्दै उनले भने, ‘एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन सक्दैन । सैन्य अंग बन्न सक्दैन । व्याख्यात्मक घोषणा गरिएको थियो । अमेरिकाले यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’ साथै उनले कुनै पनि विषयमा अनुचित सम्झौता स्वीकार्य नहुुने बताए ।

प्रकाशित समय : १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु