गृहपृष्ठ अमरेशको प्रश्न : प्रधानमन्त्रीको छोरी हरेक बैठकमा कुन हैसियतले बसिरहेकी हुन् ?

अमरेशको प्रश्न : प्रधानमन्त्रीको छोरी हरेक बैठकमा कुन हैसियतले बसिरहेकी हुन् ?

अमरेशको प्रश्न : प्रधानमन्त्रीको छोरी हरेक बैठकमा कुन हैसियतले बसिरहेकी हुन् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल राज्यका उच्च तहका हरेक बैठकमा कुन हैसियतमा बसिरहेकी हुन् भनेर संसद्‌मा नै प्रश्न उठेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीकी छोरी र पूर्वप्रधानमन्त्रीको श्रीमती कुन हैसियतमा राज्यका उच्च तहका बैठकमा बसिरहेका हुन् भनेर प्रश्न गरेका हुन् ।

उनले भने ‘जनताको तन्त्र हो गणतन्त्र तर नेताको शासन कसरी भयो ? नेताको छोरीले अथवा प्रधानमन्त्रीको छोरीले कहाँबाट त्यो अधिकार पाउँछ हरेक बैठकमा बस्ने ?’ ।

प्रधानमन्त्री दाहालले छोरीलाई राज्यका हरेक उच्च तहका बैठकमा सहभागी गराएर गणतन्त्र खतरामा पारेको उनको भनाइ छ ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु