global ime bank Long Banner Ad

गृहपृष्ठ सुदूरपश्चिम : गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

सुदूरपश्चिम : गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

सुदूरपश्चिम : गौरा पर्वको मुख्य दिन आज अठ्यावाली मनाइँदै

सुदूरपश्चिमको मुख्य पर्व गौरा अन्तर्गत आज अठ्यावाली मनाइँदै छ । हिजो गौरा घरमा भित्र्याएको गौरालाई आज गौरा खलामा लगेर व्रतालु महिलाहरूले पूजाआजा गर्ने गर्दछन् ।

बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौरादेवीको पूजाआजा गर्ने चलन रही आएको छ । व्रतालु महिलाहरूले भगवान गौरा –महेश्वरमा आधारित सगुन फाग गाएर गौरादेवीको पूजा गर्ने गर्दछन् ।

व्रतालु महिलाहरूले दिनभरि गौरादेवी पूजाआजा गरी आजै दुबधागो समेत धारण गर्ने परम्परा रही आएको छ । व्रतालु महिलाहरूले गौरादेवीको पूजन गरिसकेपछि गौराको प्रसादको रूपमा रहेको बिरुडाले आफन्त तथा मान्यजनहरूको टाउको पुज्ने चलन रही आएको छ ।

यस्तै गौरा पर्वको अवसरमा विभिन्न देवीदेवताका गाथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । यस्तै सामूहिक रूपमा देउडा खेल्ने चलन समेत रही आएको छ ।

प्रकाशित समय : १०:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु