काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पितृ शोकमा परेका मन्त्री किरातीप्रति प्रधानमन्त्रीको समवेदना

3.43K
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई परेको पितृ शोकप्रति समवेदना प्रकट गरेका छन्। बुधबार विहान समाजिक सञ्जाल मार्फत प्रधानमन्त्री दाहालले मन्त्री किरातीका बुवाको दुखद् निधन भएकोमा उनिप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, ‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किरातीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

प्रधानमन्त्री दाहालले शोक सन्तप्त परिवार,आफन्त र शुभेच्छुकहरूमा पनि समवेदना प्रकट गरेका छन्। मन्त्री किरातीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमाआज बिहान काठमाडौँको वीर अस्पतालमा निधन भएको हो।