काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भयोः शंकर पोखरेल

4.23K
shares

नेकपा एमालेका महासचिव शंकर पाेखरेलले सुनको धन्दा सरकारले नै गर्छ भन्ने कुरा प्रस्ट भएको बताएका छन् ।

आज बिहान वीरेन्द्रनगरमा पत्रकारसँग ‘कफी र कुरा’अन्तरक्रिया‌ कार्यक्रममा सरकारकै डिजाइनमा सुनको धन्दा चलेको आरोप लगाए । उनले भने अहिलेको सरकारले जे गरिरहेको छ यसरी देश चल्छ ?

ललिता निवासको‌ अनुसन्धान हेर्दा यसलाई कसरी सुशासनका लागेको सरकार भन्ने ? यी सबै काम सरकारकै डिजाइनमा भएकोले एमालेले संसद् अवरुद्ध गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण पनि सरकारको चाहनाले भन्दा पनि अमेरिकन दबाबले अघि बढेको पोखरेलले बताए । यस प्रकरणमा पनि निष्पक्ष छानबिन हुन नसकेको उनको आरोप छ ।