global ime bank Long Banner Ad

गृहपृष्ठ केही दिन ठूलो पानी नपर्ने

केही दिन ठूलो पानी नपर्ने

केही दिन ठूलो पानी नपर्ने

मनसुनी प्रणाली कमजोर हुँदा केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदले जनाएका छन् ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले पूर्वको तुलनामा पश्चिम नेपालमा भने धेरै पानी परेको छ । भोलि (सोमबार) राति पनि पश्चिम नेपालका धेरै स्थानमा पानी पर्ने मौसमविदको प्रक्षेपण छ ।

तर देशैभर कभर गर्ने गरी ठूलो सिस्टम आउने दुई–तीन दिनसम्मलाई देखिँदैन । मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ । त्यसैले पूर्वी नेपालमा भने कम पानी परेको छ ।

मनसुनी रेखा सरदर स्थानभन्दा जति उत्तरतिर सर्यो, नेपालमा त्यति धेरै पानी पर्दछ । मनसुनी रेखा तत्काल नेपालतिर सर्ने सम्भावना नदेखिएको मौसमविद बिनु महर्जन बताउँछिन् ।

प्रकाशित समय : ०७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु