global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जुम्लामा बेरोजगारलाई बाँदर धपाउने जागिर

जुम्लामा बेरोजगारलाई बाँदर धपाउने जागिर

जुम्लामा बेरोजगारलाई बाँदर धपाउने जागिर

जुम्लाको सिंजा गाउँपालिका–६ भाडगाउँमा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि चौकीदार राख्न थालिएको छ । बाँदर धपाउन गाह्रो भएपछि गाउँलेले मिलेर पारिश्रमिक व्यहोर्ने गरी चौकीदार राखेका हुन् ।

पाँच वर्षदेखि गाउँमा राख्न थालिएका चौकीदार हरेक ६/६ महिनामा फेरिन्छन् । बेरोजगार युवा धेरै भएकाले चौकीदारीमा लगाएर भए पनि रोजगारी दिने गरिएको छ । दलित समुदायका युवाहरुले चौकीदारको जिम्मेवारी लिने गरेका छन् ।

यही साउन ६ गते बसेको गाउँलेको बैठकले ३४ वर्षीय प्रेमबहादुर दमाइलाई चौकीदार नियुक्त गरेको छ । उनले महिनामा १६ हजार ५ सय रुपैयाँ तलब पाउँछन् । उनको तलबका लागि गाउँका १ सय ६५ घरधुरीले महिनामा एक–एक सय रुपैयाँ उठाउने गरेका छन् । प्रेमबहादुरअघि परिमल दमाई गाउँका चौकीदार थिए ।

प्रकाशित समय : ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु