सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे कमाई ३६ करोड ३५ लाख, बीमा शुल्क पनि बढ्यो
वि.सं.२०८० साउन ३० मंगलवार १६:३०
shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा ३६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ०.८५ प्रतिशतले मात्रै बढी हो ।
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा पनि कम्पनीले ३६ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क भने ५९.६८ प्रतिशतले बढेर १ अर्ब १४ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ७१ करोड ४३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
यस्तै कम्पनीले पुनर्बीमा कमिशन बापत ४५ करोड ३७ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट १९ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
दुई कम्पनी मर्जर पश्चात बनेको कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६ लाख रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको जगेडा कोषमा ८९ करोड ५६ लाख रुपैयाँ, बीमा कोषमा २ अर्ब ५० करोड रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ८० लाख रुपैयाँ संचित रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ८४ पैसा, प्रति शेयर नेटवर्थ २२५ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ४१.३१ गुणा रहेको छ ।

























