काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भयावह बन्दै धरानमा डेङ्गी संक्रमण, ८० प्रतिशतमा पोजेटिभ

5.48K
shares

धरान उपमहानगरपालिकामा डेङ्गी संक्रमण भयावह बन्दै गएको छ । धरानमा ८० प्रतिशत सम्म डेङ्गी संक्रमणको पोजेटिभ दर हुन थालेको छ । धरानमा आइतबार सम्ममा १० हजार २१८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता बताउछन् । आइतबारसम्म धरानमा डेङ्गीका कारण १० जनामो मृत्यु भएको छ । जसमा ६ जना महिला र ४ जना पुरुष रहेका छन् । मृत्यु हुने १० वर्षदेखि ८४ वर्षसम्मका छन् ।

मेहताका अनुसार धरानमा आइतबार एकै दिन मत्र ३०६ जनामा डेङ्गी परिक्षण गर्दा २४५ जनामा संक्रमण पुष्टि भएको छ । उपमहानगरले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहति ८ ठाउँमा निशुल्क डेङ्गीको परिक्षण र उपचार गराईरहेको मेहता बताउँछन् ।

‘हामीले डेङ्गी नियन्त्रणको लागि विभिन्न अभियानहरु सञ्चालन गरिरहेका छौँ’, मेहताले न्युज कारोबारसँग भने, ‘हामीले घर घरमै गएर पनि निशुल्क परिक्षण गरिहेका छौँ ।’
डेङ्गी संक्रमण सुरु भएदेखिकै त्यसको रोक्थामको लागि काम गर्दै आएको मेहताको भनाई छ । ‘डेङ्गीको लार्भा खोजी गर्ने र त्यसलाई नष्ट गर्ने अभियान हामीले प्रत्येक दिन सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘यो अभियान ३ महिना अगाडि देखिकै प्रत्येक दिन सञ्चालन गरिहेका छौँ ।’
विद्यालयमा गएर विद्यार्थीहरुमा सचेतना फैलाउने काम समेत गरेको मेहताको भनाई छ । विभिन्न संघ सस्थासँग समन्वय गरेर लार्भा नष्ट गर्ने काम भईहरेको मेहताको भनाई छ ।

उवासंघ सुनसरीले पनि उपचार शुरु गर्ने

डेङ्गीको संक्रमणले भयावह अबस्था भएकाले धरानमा सुनसरी उद्योग वाणिज्य संघले निशुल्क शिविर सञ्चालन गर्ने भएको छ । संघका महासचिव महेन्द्र प्रधानले न्युज कारोबारलाई दिएको जानकारी अनुसार १६ वटा बेड हुने गरि शिविर सञ्चालन हुने छ ।

‘तत्कालको लागि १६ वटा वेडको सिविर सञ्चालन गर्ने छौँ’, प्रधानले भने, ‘आवश्यक परेमा अन्य थप गर्दै लग्ने छौँ ।’
संघले विपीको सहयोगमा चिकित्सक र धरानको ८ वटा वडाको सहयोगमा स्वास्थ्य स्वयमसेवकबाट सिविर सञ्चालन गर्ने भएको हो । सामान्य विरामी भएकालाई चेकजाँच गरेर औषधि दिएर घर पठाउने र अलि बढी बिरामी भएकालाई सिविरमै राखेर उपचार गराउने प्रधानले जानकारी दिएका छन् ।

संघले मुख्यतया काउन्सिलिङको काम गर्ने प्रधान बताउछन् । संघको सिविर उवासंघको कर्यालयको तल्लो तलामा सञ्चालनमा छ ।