काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समता घरेलु लघुवित्तको नाफा २९ प्रतिशतले घट्यो

5.1K
shares

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ५ करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने करीब २९ प्रतिशतले कमि आएको हो ।

अघिल्लो आवमा कम्पनीले ७ करोड ९७ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।

अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा ४ करोड १६ लाख धनात्मक रहेकोमा गत आवमा १ करोड ८८ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १४ प्रतिशत कमि आएको हो ।

कम्पनीको चुक्ता पूँजी ३९ करोड १४ लाख रहेको छ । कम्पनीले गत आवमा जगेडामा १२ करोड ३६ लाख सञ्चिती गरेको हो ।

सो अवधिमा कम्पनीले १ अर्ब ४० करोड सापटि लिएर, ९८ करोड १४ लाख निक्षेप संकलन गरेर २ अर्ब ९० करोड भन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा ,तरलता अनुपात ५ दशमलव २१ प्रतिशत र प्रतिशेयर नेटवर्थ १३१ दशमलव ३६ रहेको छ ।