‘चारकुने रुमाल’ सार्वजनिक
वि.सं.२०८० साउन २८ आइतवार १४:३९
shares

‘द भ्वाइस अफ नेपाल’ रियालिटी शोबाट चर्चामा आएकी गायिका सुरक्षा सेञ्चुरी र गायक तथा सङ्गीतकार अल्मोडा राना उप्रेतीको स्वरमा रहेको ‘चारकुने रुमाल’ गीत सार्वजनिक भएको छ ।
प्रदीप पोख्रेलको शब्द रहेको उक्त गीतलाई अस्ट्रेलियामा बसोबास गर्दै आउनुभएका सङ्गीतकार टीका दाहालले सङ्गीतवद्ध गरेका हुन्। गीतमा स्वयम् गायक उप्रेतीको सङ्गीत संयोजन छ ।
श्रव्यदृश्यमा अभिनेत्री प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेतीको अभिनय रहेको छ । बल्लभ उप्रेतीकोे निर्देशनमा श्रव्यदृश्य तयार पारिएको हो ।

























