काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुसद्धारा युक्रेनको २० वटा ड्रोन नष्ट

8.36K
shares

युक्रेनले क्राइमिया द्वीपमा आक्रमणका लागि पठाएका २० वटा ड्रोन रुसले नष्ट गरेको छ । रुसी रक्षा मन्त्रालयका अनुसार युक्रेनले मध्यरातमा आक्रमणका लागि पठाएका ड्रोन नष्ट गरेको हो । युक्रेनले भने त्यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

रुस–युक्रेन युुद्धका बीच युक्रेनले रुसको नियन्त्रणमा रहेको क्राइमियामा बारम्बार आक्रमण गर्दै आएको छ । दुई देशबीच पछिल्लो समय ड्रोन आक्रमण हुन थालेको छ।

रुसले गत जुन र जुलाईमा मात्रै गरेको आक्रमणबाट युक्रेनमा ठूलो क्षति भएको समाचारमा उल्लेख छ ।