global ime bank Long Banner Ad

गृहपृष्ठ ४५ वर्षअघि बर्माबाट लखेटिएर नेपाल छिरेका मारवाडीका हातमा कसरी पुग्यो ४० खर्ब : प्रसाई

४५ वर्षअघि बर्माबाट लखेटिएर नेपाल छिरेका मारवाडीका हातमा कसरी पुग्यो ४० खर्ब : प्रसाई

४५ वर्षअघि बर्माबाट लखेटिएर नेपाल छिरेका मारवाडीका हातमा कसरी पुग्यो ४० खर्ब : प्रसाई

मारवाडी समुदाय १९८५ सालमा नेपाल छिरेका थिए । ४५ वर्षअघि वर्माबाट लखेटिएका मारवाडीहरूको आज नेपालमा लगानी मात्र होइन । अर्थतन्त्रमा पनि कब्जा जमाएर बसेका देखिन्छन् ।

४५ वर्षअघि सोहनलाल गोल्यानसहितका १६ परिवार बर्मा सरकारले आर्थिक अनियमतिता गरेको आरोपमा देश निकाला गरेको थियो । बर्मा सरकारले लखेटपछि उनीहरु नेपाल छिरेको नेपाली व्यवसायीहरु बताउँछन् ।

बर्माबाट लेखेटिएका मारवाडीहरु मोती दुगड, नन्दु मुन्दडा, राजु मुन्दडा, पवन सरिया, सोहनलाल गोल्यान, पवन गोल्यान र बासु गोल्यानहरु हुन् । बर्मा सरकारले लखेटेपछि नेपाल छिरेका उनीहरुका हातमा हाल नेपालकै अर्थतन्त्र अथवा ४० खर्ब रुपैयाँ रहेको पाइएको छ ।
सोहनलालका छोरा पवन गोल्यान जो एनएमबी बैंकका अध्यक्ष छन् । यीनै गोल्यानहरु नेपालका राजनीतिक दलसँग मिलेमतोमा दुई नम्बरी धन्दामासमेत लागेका मारवाडी समुदायकै सदस्यहरु बताउँछन् ।

उनको अहिले रिलायन्स स्पिनिङ मिल्स, ट्राइकोट इन्डस्ट्रिज तथा शिवम् प्लास्टिकलगायतका उद्योगका मालिक समेत छन् । साथै कपडा, धागो, प्लास्टिक, वित्तीय क्षेत्र, रियल इस्टेट, हस्पिटालिटी, कृषिलगायत क्षेत्रमा उनै पावनले नेतृत्व गरेका गोल्यान ग्रुपको वर्चश्व छ ।
यसैगरी, लक्ष्मी बैंक, हिमालयन बैंक, एभरेष्ट टथा प्राइम लाइफ इन्स्योरेन्समा लागनी रहेको खेतान ग्रुपको उत्पादन क्षेत्रमा पनि लगानी छ । यस गु्रपका प्रमुख एमजी खेतान हुन् । सनराइज बैंक दुगड गु्रपले नै चलाएको हो । उनले सुरुमा नेपाल आएका बेला नोकरी गर्थे । दुगड गु्रपका अध्यक्ष मोतिलाल दुगड पनि मारवाडी हुन् ।

यस्तै, जगदीशप्रसाद अग्रवालको नेतृत्वमा विशाल गु्रप रहेको छ । उक्त गु्रपले उत्पादन, बैंकिङ, अटोमोवाइल, इन्स्योरेन्स, शिक्षा, हस्पिटालिटी, कृषि इत्यादी क्षेत्रमा लगानी गरेको छ । एनआईसी एशिया र नेपाल इन्फ्रस्टक्चर बैंक ९निफ्रा०मा यसको लागनी छ ।

साथै, अहिले बैंक तथा वित्तीय क्षेत्रबाहेकका अन्य सबैजसो क्षेत्रमा लगानी गरेको यो गु्रपका अध्यक्ष शंकरलाल अग्रवाल हुन् । तर अहिले बैंक तथा वित्तीय क्षेत्रमा पनि हात हाल्ने तयारीमा यो गु्रप रहेको बुझिएको छ ।

आयकर छली र गुणस्तरहीन उत्पादनका कारण पटक–पटक अनुसन्धान तथा विवादमा तानिँदै आएको शंकर ग्रुप पनि नेपालमा प्रायः सबै क्षेत्रमा लागनी गर्नेमध्येको एक हो ।
नेपालको अर्थतन्त्रमै कब्जा जमाएका मारवाडीहरू देशको कानुन तथा ऐनविपरीत मनपरी ढंगले चल्ने गरेको मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ संयोजक दुर्गा प्रसाईले बताएका छन् ।

४० खर्ब रुपैयाँ नेपालको पैशा मारवाडीहरुकै हातमा छ । जसका कारणm नेपालमा आर्थिक मन्दी भएको उनको आरोप छ । हाल नेपालमा ७–८ खर्ब रुपैयाँ पैसा मात्र भएका कारण देशमा आर्थिक मन्दीको एउटा कारण भएको प्रसाई बताउँछन् । ‘मारवाडीका हातमा ४० खर्ब रुपैयाँ पैसा भएपनि नेपालमा रोजगारी सिर्जना गरेका छैन । जसका कारण नेपालीहरु वैदेशिक रोजगारीमा गइरहेका छन् । अहिले देशभित्र भएको रोजगारी नेपाली व्यवसायीहरुले सिर्जना गरेका छन् ।’ उनले भने, ‘हाल नेपालको व्यवसाय ओरालो लाग्नुको मुख्य कारण पनि मारवाडीको हातमा पैसा नै हो । नेपालको कृषिमा लगानी गर्ने भनेर पैसा उनीहरुले कब्जा गरेका छन् । यो अहिलेको मुख्य समस्या हो ।’

५५ जना व्यापारिक घरानाले अर्बभन्दा बढी नीजि बैंकहरुमा कृषि कर्जाका नाममा अनुदान लिएको प्रमाण भएको प्रसाईको दाबी छ ।

देशको कुल निक्षेपको ७० प्रतिसतमा ५५ जना व्यापारीको नियन्त्रण छ । एउटा गु्रपले मात्रै १० खर्ब चलाएको छ । चालु पुँजी कर्जा १० देखि १२ खर्ब अपचलन गरेको प्रसाई बताउँछन् ।

मारवाडी भागे नेपाली पक्राउ परे

ललिता निवास प्रकरणको तीव्र छानविन भइरहेको अवस्थामा मारवाडी ब्यापारीहरू मध्ये केही काठमाडौबाट भागेका छन् । ललिता निवासको सरकारी जग्गा कब्जा गर्नेहरूमाथि कारबाहीको कानूनी प्रक्रिया सुरु भएपछि उनीहरू नेपाल छाडेका हुन् ।

ललिता निवास प्रकरणमा नेपाली व्यवसायी चाँही पक्राउ परे भने मारवाडी भागेका छन् । यो विषयमा ससंदमा समेत प्रश्न उठन थालेको छ ।

पछिल्लो समय मारवाडी सुनतस्करी, साप तस्करी, लागू औषधी, रसायनिक मल, तरकारी, कपडा, चामल र भारतीय नोटसमेको तस्करी गरेको प्रहरीको अध्ययनमा बताइएको छ ।

कैलाशचन्द्र गोयल, श्रवण गोयल ९मीनबहादुर गुरुङको निकटस्थ मित्र एवम् सनराइज बैकका मालिक०, गोविन्द सङ्घइ, डिम्पल बङ्शल, सज्जन कुमार चाचान, शिवरतन शारडा, निर्मलादेवी गोयल, मनोज केडीया, मनोज गोयल, देवाङ्शी गोयल र सन्दिप कुमार शारडा नेपालबाट भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु