काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पक्राउ पुर्जी जारी भएर पनि किन पक्रिँदैन प्रहरीले आरोपित ?

10.04K
shares

गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसदको रोस्टममा उभिएर हात जोड्दै भनेका छन्, ‘सबुत प्रमाणका आधारमा भूमिका देखिए पक्राउ पुर्जी जारी हुन्छ । दोषी भए कारबाहीको दायरामा ल्याइन्छ, ल्याइन्छ ।’ तर तीनपूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको पाँचदिन वित्यो । चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको एकमहिना वित्यो । उनीहरु सरकारले समात्नै नसक्ने गरि फरार पनि भएका छैनन् । काठमाडौंमै बसेर सरकारको हुंकार र रुञ्चे कार्यशैलीको रमिता हेरिरहेका छन् । तैपनि नारायणकाजी नेतृत्वको गृहले पक्राउ गर्न सकिरहेको छैन । पक्राउ पुर्जी खल्तीमा बोकेर आरोपितलाई अन्देखा गर्नु थियो भने अदालतबाट झिकाएको किन ? अहिले गृहमन्त्रीसँग जवाफ खोजिँदैछ । तर उनी उही बोल्दा हुंकार देखाउँछन्, तर कामको रफतार बोलीमा गर्जिए जस्तो छैन ।

सर्वाेच्चले अनुसन्धानको दायरामा ल्याउनू भनेकै भोलिपल्ट माधवकुमार नेपाल विदेश उडे । तैपनि अनुसन्धानलाई सघाउँछु भनेका छन् । अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कारबाही गर्नुपर्ने र आफुले अनुसन्धानलाई सघाउने बताएका छन् । पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्रीमध्ये चन्द्रदेव जोशीले अनुसन्धानलाई सघाउने सार्वजनिक अपिल नै गरेका छन् । विजयकुमार गच्छदार र डम्बर श्रेष्ठ जस्ता पूर्वमन्त्री पनि फरार भइहालेका छैनन् ।

सबै अनुसन्धानलाई सघाउन तयार हुँदाहुँदै पनि सरकारमात्रै एउटा यस्तो छ, जसले अनुसन्धान गर्नै तयार छैन । सरकारले अनुसन्धानको जिम्मेवारी दिएको सीआईबी पनि माथिको आदेश कुर्दै उनीहरुविरुद्ध एक्सन लिने हालतमा छैन । अहिले फेरि प्रश्न उठेको छ, सरकारले के टिप्पणी उठाउने कर्मचारी र जग्गा किन्ने दलालबाहेक अरुमाथि अनुसन्धान नगर्ने हो ?

मुख्यतः पक्राउ पुर्जी जारी भइसक्दा पक्राउ नगर्दा आरोपितले प्रमाण नस्ट गर्नसक्ने सम्भावना धेरै हुन्छ । कानुनमा भएको व्यवस्था अनुसार पहिलो त, पक्राउ पुर्जी जारी भएपछि हिरासतमा लिइहाल्नुपर्छ । दोस्रो, अनुसन्धान अधिकृतलाई प्रमाण नस्ट हुँदैन भन्ने लागेमा निगरानीमा राखेर पनि अनुसन्धान गर्न सकिन्छ । तेस्रो, आरोपितको स्वास्थ्य अवस्था नाजुक भएको खण्डमा पनि पक्राउ नगरि निगरानीमा राख्न सकिन्छ । चौथो सरकारको नियत खराब छ भने वा सत्ता साझेदारबीच सहमति भएको खण्डमा पक्राउ पुर्जी जारी भएर पनि आरोपित पक्राउ पर्ने पूर्वडीआईजी केशव अधिकारी बताउँछन् । सरकारले अहिले ठ्याक्कै यही विधि अपनाएको देखिन्छ ।

ललिता निवासमा ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तर अहिले १८ जना पक्राउ परेका छन् । बाँकी को कहाँ छन् ? के गरिरहेका छन् ? कहिले पक्राउ पर्छन् ? सबै अन्योलमा छ । पक्राउ परेका मीनबहादुर गुरुङ र सुधीरकुमार शाह जस्ता केही व्यक्ति पहुँचकै भरमा हिरासत बसेका छैनन् । उनीहरु ‘डे–वान’देखि अस्पतालको क्याबिनमा भीआईपी विरामीको ‘रोल’ निभाईरहेका छन् । तर अहिले आरोपितबीच भेद्भाव गर्ने काम सरकारले गरेको छ । त्यसमा पनि माधव–बाबुरामको घरमै बयान लिनेसम्मको सुविधा दिने तयारी सरकारको छ । यो सरासर आरोपितबीचको भेदभाव हो ।

कर्मचारी र जग्गा किन्नेहरुलाई कानुनी दायरामा ल्याउने काम गरेको सरकारले भीआईपीहरुलाई उन्मुक्ति दिएको छ । कारण के त भन्दा, अब विस्तारै यसमा राजनीतिक अनुहार जोडिँदै गएका छन् । सीआईबीमा बसेर काम गरेका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार राजनीतिक अनुहार जोडिएपछि सरकारलाई अनुसन्धानभन्दा केस सामसुम पार्नेतिर बढी चासो हुन्छ ।

सीआईबी जस्ता छानबिन गर्ने निकायलाई पनि राजनीतिक पहुँचमा भएका पात्रलाई पक्राउ गरिहाल्ने निर्णयमा पुग्न सक्दैनन् । त्यसका लागि पहिले उनीहरुलाई सरकारको पुरा साथ चाहिन्छ । तर अहिले त, सरकार नै आरोपितका विषयमा सोचमग्न बनेपछि सीआईबीले पक्राउ पुर्जी बोकेर पनि उनीहरुलाई हात हाल्न सकिरहेको छैन । चाहे ललिता निवास, चाहे सुनकाण्ड वा नक्कली भुटानी शरणार्थी प्रकरण राजनीतिक अनुहार जोडिन वित्तिकै अनुसन्धान प्रभावित बनेको छ ।