काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सन नेपाल लाइफको सेयर ३२ गतेबाट बिक्री गर्ने

6.22K
shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्रिमियममा सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सेयर जारी गर्न लागेको हो।

कम्पनीको जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो। कम्पनीले यसैबाट ९६ करोडको सेयर जारी गर्ने छ।

यसबाट वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बिक्री गरिसकेको छ। सर्वसाधारणको भागमा ७६ लाख ८० हजार कित्ता सेयर छुट्याएको छ।

अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर २३९ रुपैयाँका दरले सेयर बिक्री गर्न लागेको हो।