पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल
वि.सं.२०८० साउन २० शनिवार १४:५८
shares

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ । शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा वकिल उपस्थित नभएपछि अदालतले आफ्नो फैसला सुनाएको हो ।
भ्रष्टाचार आरोप लागेका खानलाइए इस्लामावादको जिल्ला अदालतले उनलाई एक लाख जरिवाना सहित तीन वर्षको जेल सजाय सुनाएको हो । फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ ।
पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले सजाय पाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन् ।
खान २०१८ मा प्रधानमन्त्री निर्वाचित भएका थिए। पाकिस्तानको संसदबाट विश्वासको मत प्राप्त गर्न नसक्दा उनले प्रधानमन्त्री पद गुमाउनु परेको थियो ।
पार्टीका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इतिहासको यो सबैभन्दा नराम्रो मुद्दामा एक पक्षपाती न्यायाधीशले न्याय अस्वीकार गरे।’ इमरानको पार्टी तेहरिक(ए(इन्साफले यो निर्णयलाई पक्षपाती भएको भन्दै अदालतमा चुनौती दिने बताएको छ ।
























