काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

4.21K
shares

बुधबार घटेको सुनको मूल्य आज पनि २ सय रुपैयाँले ओरालो लागेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन पनि तोलामा २ सयले घटेर प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।