काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गुराँस लघुवित्तको नाफा ३१ प्रतिशतले घट्यो

2.85K
shares

गुराँस लघुवित्त वित्तीय संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा ३१.०७ प्रतिशतले घटेको छ ।

असार मसान्तसम्म कमपनीको नाफा ३१.०७ प्रतिशतले घटेर २८ लाख ५३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ४१ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख ३८ हजार रुपैयाँमा रहेको छ । सञ्चालन नाफा ३१.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँ रहेको छ ।

१० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २ करोड ५ लाख ४० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ ।