काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पशुपति विकास कोषले रद्द गर्‍यो मारवाडी समाजसँगको धर्मशाला सम्झौता

6.26K
shares

पशुपति विकास कोषको धर्मशाला सञ्चालनका लागि मारवाडी सेवा समाजसँग भएको सम्झौता कोषले रद्द गरेको छ । आज बसेको पशुपति विकास कोषको बैठकले सो सम्झौता रद्द गरेको कोषका सदस्य हरि ढकालले जानकारी दिए ।

कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो ।

समाजले भाडामा ८ रोपनी जग्गा लिएको थियो । तर सम्झौताविपरीत समाजले सो जग्गामा संरचना निर्माण गरी व्यापारिक प्रयोजनका लागि उपयोग गरेपछि विकास कोषले दुई वर्षअघि नै ती संरचना भत्काउने प्रयास गरेको थियो ।