काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पोर्चुगल भन्दै बेलारुस पुराएर एजेन्ट शाहीले १७ युवाको १ करोड ७० लाख खाएर भागे

6.57K
shares

वैदेशिक रोजगारीको प्रलोभनमा परी पोर्चुगल हिडेका १७ जना नेपाली बेलारुस पु¥याएर अलपत्र परेर फर्किएका छन् । उनीहरुलाई कञ्जनपुर बेलौरी–४ का दीपेश शाहीले बेलारुस पु¥याएका थिए ।

बेलारुस पुगी अलपत्र परेकामध्ये मस्कोस्थित नेपाली राजदूतावासले छ जनालाई उद्धार गरी नेपाल फर्काएको थियो । नेपाल फर्किन सफल राम रोकायले गत चैत २८ गते पोर्चुगल लैजाने भनी शाहीसहित १८ जना नेपालको एयरपोर्ट हुँदै मस्को पु¥याएको जानकारी दिए ।

शाहीले पोर्चुगल पठाउँछु भन्दै प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँसम्म लिएर १७ जनालाई बेलारुस पु¥याइ अलपत्र पारेको पीडितको गुनासो छ ।

शाहीलाई कानुनी दायरामा ल्याई क्षतिपूर्ति भराइदिन पीडितहरुले सरकारसँग माग गरेका छन् । अलपत्र परेका अन्य नेपालीहरुको अवस्था आफूलाई थाहा नभएको र शाही मस्कोबाटै वेपत्ता भएपछि सम्पर्कविहीन भएको पीडितले बताएका छन् ।

बेलारुसमा आठ–दश दिन राखेर पाकिस्तानी एजेन्टको साथ लगाएर पोर्चुगल जानका लागि पानी नै पानी भएको बाटोबाट लाद्भिया पु¥याइएको र त्यहाँको प्रहरीले आफूहरुको मोबाइलसमेत नियन्त्रणमा लिएर बेलारुसमै फिर्ता पठाएको पीडितहरुको गुनासो छ ।

पोर्चुगल पठाउँछु भनेर विभिन्न देशमा पु¥याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहित आफूहरुको पैसा फिर्ता गर्न सरकारले पहल गरिदियोस् भनेर सरकार गुहारेको पीडित राम रोकायले जानकारी दिए ।

मस्को पुगेपछि प्रवास नाम गरेका भारतीय एजेन्टलाई जिम्मा लगाएर शाही बोस्नियातर्फ भागेको उनले बताए । ‘शाहीसँग सम्पर्क हुन सकेन, हामीलाई मस्कोबाट ‘प्लेन टु प्लेन’ पोर्चुगल लैजाने भने पनि ट्याक्सीमा हालेर बेलारुस पु¥याइयो । नेपालको एयरपोर्ट हुँदै मस्को गयौं, त्यहाँ पुगेपछि प्रवास भन्ने भारतीय मान्छेले एयरपोर्टमा रिसिभ गरेर होटलमा राखे ।’ उनले भने, ‘नेपाल फर्काइदिन आग्रह गर्दा जर्मनबाट ‘डिपोर्ट’ भएर आउनुपर्ने बताउँदै एजेन्टले फेरि पोल्याण्डतर्फ लगे । प्रहरी नियन्त्रणमा रहेकै बेला परिवारसँग सम्पर्क गर्ने र मस्कोमा भएको दूतावासलाई खबर गरेपछि, उनीहरुकै पहलमा १५ दिनको जेल बसाइँपछि घरबाट पैसा पठाएर नेपाल आउन सफल भइयो ।’

शाहीलाई १५ लाख रुपैयाँ बुझाएको भन्दै नेपाल फर्किंदासम्म झण्डै १७ लाख रुपैयाँ खर्च भएको पीडितको दाबी छ । शाहीले पोर्चुगल पठाउने भन्दै व्यक्ति पिच्छे कोहीसँग १० लाख, कोहीसँग १२ लाख र कोहीसँग १५ लाख रुपैयाँ लिएको पीडितहरुले जानकारी दिए ।

१५÷२० दिन बेलारुसको होटलमा बिताएर पोल्याण्ड छिर्ने योजना पनि विफल भएर बेलारुस नै फर्किंदा छ जनालाई प्रहरीले नियन्त्रणमा पीडितको भनाइ छ ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा आकर्षक सेवा सुविधाको प्रलोभन देखाई माल्टा, रोमानिया, पोल्याण्ड, पोर्चुगललगायतका युरोपेली मुलुकमा रोजगारी दिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको भन्दै असम्बन्धित व्यक्ति वा संस्थाको अनुचित प्रभावमा नपर्न उल्लेख गरेको छ ।

मन्त्रालयले रोजगारीको प्रलोभनमा परी युरोपेली मुलुकमा जान असम्बन्धित व्यक्ति वा संस्थाको विश्वासमा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

अनधिकृतरुपमा वैदेशिक रोजगारीको आवरणमा हुने सबै प्रकारका ठगीलाई निरुत्साहित गर्न कामदार आफैंले वैदेशिक रोजगार विभाग वा इजाजतपत्र प्राप्त संस्था तथा रोजगारदातासँग सीधा सम्पर्क र समन्वय गरेर मात्र वैदेशिक रोजगारीमा जान मन्त्रालयले आग्रह गरेको छ ।