डेढ घण्टा बालुवाटारमा प्रचण्ड–ओली भेटवार्ता
वि.सं.२०८० साउन १४ आइतवार १३:४७
shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डसँग वार्ताका लागि अध्यक्ष ओली आइतबार बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए ।
उनीहरुबीच करिब डेढ घण्टा लामो वार्ता भएको बालुवाटार स्रोतले जनाएको छ । श्रोतका अनुसार वार्ताको विषय कोशी प्रदेश र सुन प्रकरणमा केन्द्र रहेको थियो ।
यस्तो अवस्थामा दुई नेताबीको कोशीको संकटको निकासका उपायबारे छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । भने,
कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाको गत असार २१ गते भएको मुख्यमन्त्रीको नियुक्ति रद्द भएसँगै सरकारविहीनताको अवस्था छ ।
अहिले कोशीमा कसोको सरकार बनाउने भने सकस भइरहेको छ । यो विषयमा प्रधानमन्त्री र ओली दुवै जनो केही प्रतिक्रिया दिएका छैन ।

























