काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वैदेशिक रोजगारी र शिक्षाका नाममा मानव तस्करी बढ्दो

7.75K
shares

नेपालमा पनि आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नारा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको छ ।

यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ मा उल्लेख छ ।

नेपालबाट गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेको समेत प्रतिवदेनमा उल्लेख छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदिका कारण पनि भइरहेको रहेको सरकारी अध्ययनमा भनिएको छ ।

विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ ।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि हरेक वर्षको जुलाई ३० मा यो दिवस मनाउन थालिएको छ । विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसारका लागि यो दिवस मनाउने गरिएको हो ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन् । दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक प्रतिवेदनमा उल्लेख छ । यस्तै, बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन् ।

रोजगारी र शिक्षाका नाममा मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको समाजशास्त्री मीना पौडेलले बताइन् ।

मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानुन अपुग र अव्यवहारिक भएका कारण पनि नियन्त्रण बाहिर गइरहेको उनको आरोप छ । ‘अहिले महिलामात्र होइन, पुरुष पनि मानव बेचबिदनमा पर्ने गरेका छन् । पहिल्यैतिर लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो । भने, राम्रो रोजगारी र शिक्षाको प्रलोभन देखाएर तस्करी भइरहेको छ ।’ उनले भनिन ।

मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूले औल्याएका छन् ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।

यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

मानव बेचबिखनसम्बन्धी अपराध विकराल बन्दै गएपछि तीन वर्षअघि प्रहरीमा मानव बेचबिखन अनुसन्धान ब्युरो गठन भएको हो । पछिल्लो पाँच वर्षमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी आठ सय ३० वटा मुद्दा प्रहरीमा परेका छन् ।

जसमा एक हजार पाँच सय तीनजना पक्राउ परेका छन् । एक हजार आठ सय एकजनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको भए पनि करिब ४० प्रतिशत अभियुक्त पक्राउ परेका छैन ।

अवैध बाटोबाट नेपालीहरूको मानव तस्करीको प्रमुख गन्तव्य पोर्चुगल बनेको छ । अवैध रूपमा प्रवेश गर्दा पनि अस्थायी बसोवासको अनुमति र राहदानीको प्रक्रिया सहज भएकाले पोर्चुगलमा मानव तस्करी बढेको हो ।