गृहपृष्ठ सप्तरीमा हत्या गरि फालिएको अवस्थामा एक युवकको शव फेला
सप्तरीमा हत्या गरि फालिएको अवस्थामा एक युवकको शव फेला
सप्तरीमा एक युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज बिहान घर नजिकै भेटिएको हो । उनको शव हिलोमा लतपतिएको अवस्थामा फेला परेको हो।
अर्का एक अजय मण्डल नामका युवक घाइते अवस्थामा फेला परेको सप्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन ।
उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
प्रकाशित समय : १०:१३ बजे


















