काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मौद्रिक नितिले शेयर बजारलाई राहत पुर्यायो ? के भन्छन् लगानीकर्ता ?

5.9K
shares

नेपाल राष्ट्र बैंकले आज आव २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीति मार्फत राष्ट्र बैंकले लगानीकर्तामा ठूलो उत्साह आएके छ । शेयर बजारमा हुने कर्जाको जोखिम भार सम्बन्धी भएको व्यवस्थालाई परिमार्जन गर्ने राष्ट्र बैंकको निणर्यलाई लगानीकर्ताले खासै उत्साह नभएको बताएका छन् ।

यो मौद्रिक नितिले लगानीकर्तालाई क्नफ्युज बनाएको छ । मौद्रिक नितिमा भनिएको कुरालाई २ घण्टामै फेरिएपछि लगानीकर्ताहरुमा अन्योलता छाएको छ । यस्तै मौद्रिक निति आएसंगै शेयर बजारमा ६३ अंकले बढेको थियो तर आज शेयर बजार २६ दशमलव ६६ अंकले ओरालो लागेको छ । यसबाट पनि पुष्टि हुन्छ की लगानीकर्ता साँच्चिकै अन्योलमा रहेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा शतप्रति जोखिम कायम गर्ने बताएका छन् ।

आइतबार सार्वजनिक चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति बारे थप स्पष्ट पार्दै उनले भने,यसअघि २५ लाख रुपैयाँसम्मको कर्जामा मात्रै शतप्रतिशत जोखिम भार कायम थियो । तर, अब त्यसलाई बढाएर ५० लाख रुपैयाँ पुर्याउन लागिएको छ ।’

तर, ५० लाख रुपैयाँभन्दा माथिको कर्जामा भने १५० प्रतिशतको जोखिम भार सम्वन्धी व्यवस्था यथावत राखिएको गभर्नर अधिकारीले बताए । अर्थमन्त्री प्रकाशसरण महतले पनि मौद्रिक नितिको समिक्षा गर्दै भनेका छन् “मौद्रिक नीतिले नीतिगत दर घटाएर छ दशमलव पाँच प्रतिशत तोकेको छ, यसले बैंक ब्याजदर स्वतः खुकुलो हुन्छ र बजारमा पुँजी प्रवाह बढ्छ, यसले गर्दा सुस्ताएको अर्थतन्त्र अब चलायमान हुन्छ”,

के भन्छन् लगानीकर्ता ?

शेयर लगानीकर्ता नयन बास्तोलाले यो मौद्रिक नितिले शेयर बजारमा खाँसै उत्साह नल्याएको बताएका छन् । उनले शेयर बजारप्रति गभर्नरको गलत सोचको कारणले पनि बजारप्रति भएका व्यवस्थाको परिमार्जन हुन नसकेको उनले बताएका छन् । ‘हुन त केही नभएको भन्दा केही हुनु नै ठीक हो तर यो मौद्रिक नितिमा बजारका लागि केही उत्साह भने छैन,’ उनले भने । २५ लाखसम्मको मात्रै रहेको जोखिमभार लाई बढाएर ५० लाख पुुर्याउने भनिएको छ । यसले खासै प्रभाव नपर्ने उनको भनाई छ । ‘अब सकुर्लर जारी हुन्छ त्यसमा केही हुन्छ की भन्ने हो तर त्यसमा पनि केही हुन्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । गभर्नरको गलत स्टेपको कारणले खच्किएको शेयर बजार अब अरु गलत स्टेपहरु नलिए शेयर बजार राम्रो हुने उनको भनाई छ ।

शेयर लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले भने यो मौद्रिक नितिले  लगानीकर्ताहरुलाई अन्योल बनाउने काम मात्र गरेको बताँएकी छिन् । उनले अपेक्षाअनुसारको केही पनि नभएको बताँएकी छिन् । त्यसको प्रत्यक्ष असर आजको बजारले पनि देखाएको उनी बताँउछिन् । ‘राष्ट्र बैंकले १ सय रहेकाे जोखिमभारलाई बढाएर १५० पुर्याएको थियो । हामीले त्यसलाई फेरी १ सयमै कायम गरियोस भनेर पटक पटक भनेका थियौँ । यो मौद्रिक निति आउदै गर्दा गभर्नरले त्यसमा पुनरावलोकन गरिने भनेपछि हामी पनि अब सयमै आउने रहेछ भन्यौ तर २ घण्टापछि त पत्रकार सम्मेलन गरेर २५ लाखको जोखिमभारलाई बडाएर ५० लाख पुर्याएको भनेपछि हामी त ठुलो अन्योलमा पर्यौ, ‘  उनले भनिन् । बजेटमा पनि लगानीकर्तालाई कन्फ्युज पार्ने काम मात्र भएको र अहिले पनि शेयर बजारका लागि केही व्यवस्थापन नभएको उनको भनाई छ ।