काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शेयर बजार बढ्यो, साढे ३ अर्बमाथिको कारोबार

5.42K
shares

साताको तेस्रो कारोबारको दिन नेप्से परिसुचक ९ दशमलव ९१ अंकले उकालो लागेको छ । सोमबार उच्च अंकले बढेको शेयर बजार आज भने सामान्य अंकले उकालो लागेको हो ।

नेप्से परिसुचक शुन्य दशमलव ४६ प्रतिशतले बढेर २१५४ को विन्दुमा पुगेको छ । आज दिनभरमा ५६ हजार ४ सय ७६ कारोबारबाट २५५ कम्पनीका ८६ लाख ७६ हजार ४ सय ३८ कित्ता शेयर किनबेच भएका छन् जसबाट आज भएको सम्पूर्ण कारोबार रकम ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ पुगेको छ ।

आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने प्रति शेयर मुल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

यसैगरी आज युनाइटेड अजोड इन्स्योरेन्सको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ५९२ रुपैयाँ कायम भएको छ । साथै आज शुभम पावरको शेयर ८ दशमलव ८९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८८२ रुपैयाँ कायम भएको छ ।