काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘स्वदेशी लगानीका उद्योगहरूलाई प्रवर्द्धन गर्नुपर्छ’

5.12K
shares

स्वदेशी लगानीमा सञ्चालित उद्योगहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा विशेष जोड दिइएको छ । बाराको जितपुरमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले स्वदेशी उद्योगका प्रवर्द्धनमा सबै पक्षको सहयोग आवश्यक रहेको बताएका हुन् ।

बारा–पर्सा औद्योगिक करिडोरमा नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिद्वारा सञ्चालित नेपोभिट टाइल्स कम्पनीले आयोजना गरेको अन्तक्र्रियाका वक्ताले स्वदेशी लगानीमा सञ्चालित उद्योगको संरक्षण र प्रवर्द्धन हुन सकेमात्र मुलुकको अर्थतन्त्रमा सुधार आउने र रोजगारीको वातावरण सिर्जना हुने भएकाले यसमा सबै पक्ष गम्भीर हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले स्वदेशी लगानीमा सञ्चालित उद्योग तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले नेपोभिट टाइल्सलगायतका स्वदेशी लगानीका उद्योगको संरक्षण र प्रवर्द्धन गर्न सकिए स्वदेशमै रोजगारीको वातावारण सिर्जना हुने बताए ।

स्थानीय कच्चा पदार्थको प्रयोग गरी स्थानीय कामदारबाट सञ्चालित नेपोभिट टाइल्स कम्पनीलगायतका स्वदेशी लगानीका उद्योगलाई नेपालमै सहजरूपमा माटो नपाउने, भन्सार दर्ता नहुनुलगायतका समस्यालाई तीनै तहको सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले राजस्व बुझाउने र स्वदेशमै रोजगारीको सिर्जना गर्ने उद्योगको संक्षण गर्न र प्रवर्द्धन गर्न तयार रहेको बताए । उनले उद्योगलाई निर्धक्कपूर्वक उद्योग सञ्चालनको वातावरण बनाउन र केही समस्या भए सहजीकरण गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डा सुवोध गुप्ताले स्वदेशमा कच्चा पदार्थ र दक्ष जनशक्तिको आभावमा स्वदेशी उत्पादनका उद्योग धरासायी भइरहेको बताए । अन्तर्राष्ट्रिय लगानीका उद्योगहरूका कारण स्वदेशी लगानीका उद्योग धरासायी भइरहेको उनको भनाइ छ । उनले टाइल्स उद्योग, सिमेन्ट उद्योग, छड उद्योगजस्ता कम लगानीमा सञ्चालन हुने उद्योगमा पनि अन्तर्राष्ट्रिय लगानी हुनु स्थानीय उद्योगका लागि दुःखद् रहेको बताए ।

नेपाल सेरामिक इन्डष्ट्रिज प्रालिका अध्यक्ष शम्भुनाथ झाले नेपालमा नै टाइल्स उत्पादन गर्न प्रचुर मात्रामा उपलब्ध भएको कच्चा पदार्थको पहिचान गरी स्वदेशमै उचित मूल्यमा विश्वसनीय टाइल्स उपलब्ध गराउने उद्देश्यका साथ टाइल्स उद्योग सञ्चालनमा ल्याइएको बतएका छन् ।