काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एलओडीका सञ्चालक सरकारी वकिलको कार्यालयबाट रिहा

5.71K
shares

नाइट क्लब लर्ड अफ ड्रिंक्स (एलओडी)मा नाबालिगलाई प्रवेश गराएको आरोपमा पक्राउ परेका दुई सञ्चालक थुनामुक्त भएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउनु नपर्ने राय दिएपछि एलओडीका सञ्चालक राजुसिंह सुवाल र रुदिलबल्लव श्रेष्ठलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरले ३० जेठमा एलओडी क्लबबाट १५ वर्षीया किशोरीलाई ललितपुर लगेर बलात्कार गरेको अभियोगमा पोखरा घर भइ ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ गरेको थियो ।