काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई बाणिज्य बैंक सहित आठ कम्पनीको शेयर कारोबार रोक्का

5.54K
shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आठ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । मर्जर तथा प्राप्ति प्रयोजनको लागि नेप्सेले दुई बाणिज्य बैंक सहित ८ कम्पनीको शेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेले लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट उत्थान लघुवित्त वित्तीय संस्था र प्रभु लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार शेयर कारोबार रोक्का गरेको नेप्सेले जनाएको छ ।