ठगेर भाग्ने सहकारीलाई ‘जहाँ भेट्यो त्यही पक्रिन वालेनको निर्देशन’
वि.सं.२०८० असार २८ बिहीवार १६:५१
shares

काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुको ठगी बढ्दै गएपछि अनुगमन गर्ने भएको छ । महानगरपालिकाले पछिल्लो समय बढेको ठगिको अनुगमन र पीडितको उजुरीपनि लिन भएको छ ।
महानगर अन्तरगत झण्डै १९ सय सहकारी सञ्चालनमा छन् । उनीहरु माथि तत्काल अनुगमन गर्ने तयारी महानगरले गरेको हो । महानगरले अन्तरगतका सहकारीहरु माथि अनुगमन गर्ने भएको हो ।
महानगर मातहतमा सहकारी माथि अनुगमन गर्ने तयारीका साथ काम भइहरेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरले ३२ वटै वडामा रहेका सहकारीको अनुगमन गर्ने र सहकारीहरु माथि अनुगमन आवश्यक देखिएको उनलाई बताए ।
हालसम्म विभागले त्यस्ता सहकारी संस्थाहरु माथि अनुगमन गर्ने गरेको थिएन । तर, पछिल्लो समय
सहकारीहरुको ठगी बढ्दै गएपछि अनुगमन गर्ने योजना महानगरले जानकारी दिएको छ ।
काठमाडौं महानगर अन्तरगतका ६९ सहकारीको गठी प्रकरणमा मुछिसकेका छन् । उनीहरुलाई केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)ले अनुसन्धान गरिरहेको छ ।
यस्तै, महानगर अन्तरगतकै सहकारीहरु ठगी प्रकरणमा देखिएपछि अनुगमन गर्न लागिएको र ठगि गरेर भाग्ने सहकारीका मालिकलाई पक्रिन महानगर प्रहरीलाई काठामाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले निर्देशन दिइसकेको महानगरले जनाएको छ ।
अहिले सहकारीहरुको ठगी बढ्दै गएको अनुभुती पनि भएको छ । त्यसैले जनता ठगेर भाग्न सहकारीलाई कानुनी दायरामा ल्याउन मेयरले निर्देशन दिएको महानगरले जनाएको छ ।
सहकारीमा बचतकर्ताको बचत डुबेको, सहकारीबाट हुने विभिन्न बदमासी र संचालक भाग्ने गरेको भन्दै गुनासो तथा उजुरी पनि उत्तिकै बढी रहेको छ । नियमभन्दा बाहिर रही सञ्चालन भएका तथा बचतकर्ताको रकम फिर्ता गर्न आनाकानी गरिरहेका सहकारीको अनुगमन गरिने महानगर जनाएको छ ।
महानगरका अनुसार निर्देशन पालना नगर्ने सहकारलाई ऐनअनुरुप कारवाहीको प्रक्रिया बढाईने छ । सबै सहकारी काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ अनुसार सञ्चालन भएका छन् । अनुगमनपछि आवश्यकता अनुरुप निर्देशन दिइने विभागको तयारी छ ।
सहकारीहरुले बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैनन् । त्यस्ता कारणले पनि सहकारी ठगीको मुद्दा दैनिक बढ्दो नै छ ।
साथै, पछिल्लो समय देखिएको तरलता अभावको समस्या सहकारीहरुमा पनि देखिएको छ ।
सहकारीका संचालकहरुमा बढी महत्वकांक्षा हुँदा पनि ठगी बढ्दै गएको देखिएको छ ।
पछिल्लो समय देशभर नै सहकारी ठगीको घटना बेग्रल्ती बढ्दै गएको छ । पछिल्लो समयमा देखिएको आर्थिक संकटका कारण यस्तो ठगीको घटना बढेका छन् ।
सहकारीहरुले बैंकको ऋण पनि तिर्न नसक्दा कर्जा सुचना केन्द्रको कालोसुचीमा पनि पर्न थालेका हुन् । बैंक तथा वित्तिय संस्थाहरुको सिफारिसमा पछिल्लो तथ्याङ्क अनुसार कर्जा सुचना केन्द्रले १७५ सहकारीलाई कालोसुचीमा राखेको छ ।
नेपाली अर्थतन्त्रमा देखिएको आर्थिक संकटका कारण पनि धेरै सहकारीहरु समस्याग्रस्त छन् । जसले कालो सूचीमा पर्ने सहकारीको संख्या पनि उत्तिकै बढेको हो ।
साथै, सहकारी बिभागको कालोसुचीमा पनि परेका छन् । त्योसँगै बैंकबाट ल्याएको ऋण समेत तिर्न नसक्दा सहकारीहरु कालोसुचीमा पनि पर्न थालेका हुन् । बचतकर्ताको ऋण तिर्न नसक्दा पछिल्लो समय केही सहकारी बन्द पनि भइसकेका छन् ।

























