गृहपृष्ठ यूएईमा ट्रक चलाउँदा रातो बत्तीको नियम पालना नगरे ५० हजार दिर्हाम जरिवाना

यूएईमा ट्रक चलाउँदा रातो बत्तीको नियम पालना नगरे ५० हजार दिर्हाम जरिवाना

यूएईमा ट्रक चलाउँदा रातो बत्तीको नियम पालना नगरे ५० हजार दिर्हाम जरिवाना

यूएईमा हेभी ट्रक चलाउँदै हुनुहुन्छ । यूएईमा ट्रक चलाउँदा हालै ल्याइएको नयाँ नियमका बारेमा जानकारी लिनुहोला, नत्र ५० हजार दिर्हाम जरिवाना तिर्नुपर्ला ।

यूएई सरकारले हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम (करिब १८ लाख) रुपैयाँ जरिवाना र डिपोर्ट हुने नियम लागू गरेको छ । यूएईले आफ्नो ट्राफिक नियमका विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलंघन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो ।

यसका साथै यदि कसैले गति नियन्त्रणका लागि सवारीको जानाजान मोडिफाइ गरेमा, नम्बर प्लेट बिना चलाएमा वा ठुलो आवाजसहित चलाएमा पनि कारबाही हुने छ ।

सडक सुरक्षाका साथै सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि यस्तो नियम ल्याएको दुवई प्रहरीले उल्लेख गरेको छ । यो नियमले सडक सुरक्षाको वातावरण सुनिश्चित गर्ने दुवई प्रहरीले विश्वास लिएको छ । यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सिजसमेत गर्न सक्ने छ ।

प्रकाशित समय : ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु