गृहपृष्ठ भोलिबाट आईपीओ जारी गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

भोलिबाट आईपीओ जारी गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

भोलिबाट आईपीओ जारी गर्दै मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले भोलिदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी रू। ८० करोडको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि विक्री गर्न लागेको हो । स्थानीयको शेयर खरीदका लागि दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं। ४ र कालिञ्चोक गाउँपालिका वडा नं। ३ का बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

त्यस्तै दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई विक्री गरिने शेयरमध्ये १० प्रतिशत दरको २ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । यो आईपीओ खरीद गर्न चाहनेले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ ।

यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूले अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतम ५० हजार कित्तासम्म माग गर्न पाउनेछन् ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु