global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ यस्तो छ अजको मौसम

यस्तो छ अजको मौसम

यस्तो छ अजको मौसम

आज देशभर आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसा देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार साथै कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ।कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी र मधेश प्रदेशको एक–दुई स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिन्छ।

तसर्थ भारी वर्षा, मेघ–गर्जन÷चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित समय : ०८:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु