global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ निर्माण सामग्रीमा पुनः संरचना कर्जाको व्यवस्था

निर्माण सामग्रीमा पुनः संरचना कर्जाको व्यवस्था

निर्माण सामग्रीमा पुनः संरचना कर्जाको व्यवस्था

बैंक, वित्तीय संस्थाले निर्माण सामग्री उद्योगमा प्रवाह गरेको ऋण पुनः संरचना गर्न सक्ने भएका छन् । निर्माण क्षेत्रमात्र उल्लेख हुँदा यससँग सम्बद्ध निर्माण सामग्री उद्योगको कर्जा पुनः संरचनामा अन्योल भएपछि राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

नेपाल राष्ट्र बैंकले गत जेठमा जारी गरेको निर्देशनमा स्पष्ट पार्दै ‘निर्माण क्षेत्र’अन्तर्गत आवासीय (घरायसी प्रयोजन), गैरआवासीय (व्यापारिक प्रयोजन) र बृहत् निर्माण (राजमार्ग, पुल आदि) क्षेत्रमा प्रवाहित कर्जाका साथै यो क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बद्ध सिमेन्ट, डन्डी, इँटा, ब्लक, पाइप्स एन्ड फिटिङ्सलगायत उद्योगमा प्रवाहित कर्जा पनि पर्ने भएको छ ।

मौद्रिक नीतिको घोषणाअनुसार राष्ट्र बैंकले निर्देशन जारी गर्दै बैंक, वित्तीय संस्थाले होटल तथा रेस्टुराँ, पशुपक्षीपालन, निर्माण क्षेत्रसँग सम्बद्ध कर्जा र ५ करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जालाई ऋणीको अनुरोधमा उद्योग÷व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा पुनर्तालिकीकरण तथा पुनः संरचना गर्न सक्ने व्यवस्था गरेको छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत केन्द्रीय बैंकले ‘सजगतापूर्वक केही लचिलो बनाइएको’ उल्लेख गर्दै केही क्षेत्रका लागि राहत घोषणा गरेको थियो । निर्देशनमा निर्माण क्षेत्रमात्र उल्लेख हुँदा यससँग सम्बद्ध निर्माण सामग्री उद्योगको कर्जा पुनः संरचनामा अन्योल भएपछि राष्ट्र बैंकले स्पष्ट पारेको हो ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबमोजिम जेठ ३ गते जारी गरेको निर्देशनमा ‘निर्माण क्षेत्र’सँग सम्बद्ध कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम लिएर कर्जाको पुनर्तालिकीकरण तथा पुनः संरचना गर्न सकिने व्यवस्था गरेको थियो । चैतसम्म सक्रिय कर्जालाई यो सुविधा उपलब्ध हुने र असारसम्ममा पुनर्तालिकीकरण वा पुनः संरचना गरिसक्नुपर्ने प्रावधान छ ।

उक्त व्यवस्था अनुसार ‘निर्माण क्षेत्र’अन्तर्गत आवासीय (घरायसी प्रयोजन), गैरआवासीय (व्यापारिक प्रयोजन) र बृहत् निर्माण (राजमार्ग, पुल आदि) क्षेत्रमा प्रवाहित कर्जाका साथै यो क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित सिमेन्ट, डन्डी, इँटा, ब्लक, पाइप्स एन्ड फिटिङ्सलगायतका उद्योगमा प्रवाहित कर्जा पनि पर्ने राष्ट्र बैंकले प्रस्ट पारेको हो ।

 

प्रकाशित समय : ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु