nmb bank

गृहपृष्ठ राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्दै

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्दै

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्दै

राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजेर १ मिनेटमा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८/०७९, महालेखापरीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।

त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्नेछन्।

प्रकाशित समय : १०:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु