काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

4.06K
shares

निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा गए रातिदेखि यातायात सेवा पूर्णरूपमा बन्द भएको हो ।

यातायात सेवा पूर्णरूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।