nmb bank

गृहपृष्ठ मलेसियाबाट २१० नेपालीलाई फर्कन दबाब

मलेसियाबाट २१० नेपालीलाई फर्कन दबाब

मलेसियाबाट २१० नेपालीलाई फर्कन दबाब

मलेसियाको जोहोरबारुस्थित क्वाङ ली इन्डस्ट्रिज कम्पनीले दुई सय १० नेपाली श्रमिकलाई फर्कन दबाब दिएको छ । चर्चित अन्तर्राष्ट्रिय ‘सिमानो’ ब्रान्डका साइकल उत्पादन गर्ने कम्पनीले राजीनामा दिएर स्वदेश फर्कन दबाब दिइरहेको हो । कम्पनी व्यवस्थापनले लामो समय बेतलबी बिदामा बस्न वा कम्पनी छाडेर जान स्वैच्छिक राजीनामाका लागि दबाब दिएको पीडितहरूको भनाइ छ ।

नेपाली कामदारलाई काठमाडौंस्थित वर्ल्डवेज म्यानपावर (इन्क) कम्पनीले पठाएको थियो । कम्पनीमा नेपाली, बंगाली र म्यानमारका ५ सय श्रमिक कार्यरत छन् ।

लाखौं रकम तिरेर आएकाले ऋण नतिरी रित्तो हात स्वदेश फर्कन नसकिने पीडित श्रमिकहरूको भनाइ छ ।

कम्पनीले अहिले पनि दैनिक खानाबापत १३ रिंगेट र बसाइबापत मासिक ५० रिंगेट कटौती गरिरहेको छ । दुई कोठा र शौचालय भएको एउटा फ्याल्टमा १२ जनालाई राखिएको छ । उनीहरूका लागि पकाएर खाने किचन छैन । श्रमिकलाई निकाल्ने बहानामा ससानो गल्तीमा पनि कारबाही गर्न थालेको छ ।

आफूहरूले ठूलो रकम खर्चेर आएकाले कम्पनीले फिर्ता पठाउने भए त्यसको शोधभर्ना गर्नुपर्ने अडानमा श्रमिक छन् ।

नेपाली दूतावासले श्रमिकलाई जबर्जस्ती फिर्ता नपठाउन कम्पनीको व्यवस्थापन र मलेसियाको श्रम विभागसमक्ष आग्रह गरेको छ ।

प्रकाशित समय : ०८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु