गृहपृष्ठ करेन्ट लागेर ३ जनको मृत्यु

करेन्ट लागेर ३ जनको मृत्यु

करेन्ट लागेर ३ जनको मृत्यु

कपिलबस्त, बाँके र दाङमा करेन्ट लागेर ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ सिर्सिहवास्थित बाटोको नाली बनाउनको लागि मिक्सर मेसिन चलाउने क्रममा बिजुलीको तारमा छोई करेन्ट लागेर बिजयनगर गाउँपालिका–५ जोगिनिया बस्ने २४ वर्षीय अलाउजिन धुनियाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो ।

करेन्ट लागेर सामान्य घाइते भएका अन्य ७ जना स्थानीय मेडिकलमा उपचार पश्‍चात डिस्चार्ज भएका छन् । त्यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका–१६ जयसपुर बस्ने अज्जन सैयादको छोरा १ वर्षीय जयन्त सैयादको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरमा खेलिरहेको अवस्थामा मोटरमा प्रयोग गरिएको नाङगो तारमा छुएकाकारण गम्भीर घाइते भएका थिए । उनको नर्सिङ होम नेपालगजंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङका राजपुर गाउँपालिका–७ राटाकास बस्ने १३ वर्षीय तामुयल विकको आफ्नै घरमा मोटरको पानीले नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : १२:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु